Back To Top

August 5, 2024

सिनामंगलको इन्धन डिपो गुहेश्वरी सार्न पहल

Global Ime Bank

काठमाडौँ
बर्षौदेखि समस्या र जोखीमको विषय मानिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामङ्गलमा रहेको इन्धन डिपो गुहेश्वरीमा सार्न पहल थालिएको छ । विमानस्थल परिसरमै सौर्य एयरको दुर्घटना पछि सरकारी नेतृत्व यसका लागि पहल कदमीमा जुटेको हो।

विभिन्न सञ्चार माध्यममा सामाचार र प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा गम्भिरता देखाँउँदै निर्देशन दिएपछि शनिबार उद्यागमन्त्री दामोदर भण्डारीसहितको टोलीले हाल डिपो रहेको स्थल र स्थलको स्थानान्तरण प्रस्ताव गरिएको गुहेश्वरी क्षेत्रको निरीक्षण गरेको छ । निरिक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी, सचिव मधुसूदन बुर्लाकोटी र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट समावेश थिए । अनुगमनपछि मन्त्री भण्डारीले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न लागेको बताए  । “अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने सुरक्षा जटिलतालाई न्यूनीकरण गर्न नेपाल आयल निगमलाई तत्काल हवाई इन्धन डिपो सार्न निर्देशन दिएको छु, यसका लागि निगमले आवश्यक तयारी गरिरहेकाले जतिसक्दो छिटो प्रक्रिया अगाडि बढाउँछ,” उनले भने ।

विमानस्थलनजिकै गुह्येश्वरीमा नयाँ डिपो बनाउने योजना रहेको छ । यसका लागि लाग्ने बजेट निगम आफैँले व्यवस्थापन गर्ने वा अपुग अन्य निकायसँग बजेट माग्न सक्ने मन्त्री भण्डारीले उल्लेख गरे । नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालयका अनुसार गुह्येश्वरीमा नयाँ डिपो बनाउन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा रकम व्यवस्था गर्न प्रयास हुँदै छ ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार सो डिपो सार्न विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्सनजिकै रहेको गुह्येश्वरीतर्फको ५० रोपनी जग्गा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको छ ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको गुरुयोजना अनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागेको हो । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मुख्य धावनमार्गनजिकै धावनमार्गसम्म विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबिचको दुरी १७२।५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घनाबस्तीसमेत ठुलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ ।

Prev Post

मौद्रिक नीति अनुशरण नगरे शिथिलता कायमै:गभर्नर

Next Post

गोल्डेन ड्रयागनको विद्युतीय भ्यान नेपालमा

post-bars

Leave a Comment