सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु
काठमाडौ,
आर्थिक शिथिलताको बीच नेपालका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷०८१ मा आप्mनो नाफालाई केही भए पनि बढाउन सकेका छन् । प्रकाशित विवरणअनुसार २० वाणिज्य बैंकले अगिल्लो आर्थिक वर्ष भन्दा करिव साढे सात अर्ब बढी नाफा आर्जन गर्न सफल छन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०८०र८१ मा कुल ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तो नाफा अगिल्लो आर्थिक वर्ष २०७९र८० यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ थियो । वर्षभर वित्तीय क्षेत्रमा देखिएको लगानी संकुचन, तथा कर्जा असुलीमा समस्या र सहकारी तथा लघुवित्तको समस्याका प्रभावका बीच बैंकहरुले गरेको यो नाफा सन्तोषजनक नै हो ।
- समग्रमा यो नाफा बृद्धिमा रहे पनि नाफा बढाउन सक्नेमा १० र अगिल्लो वर्षभन्दा कम नाफा गर्ने मा १० वाणिज्य बैंक देखिएका छन् ।
रकमका आधारमा सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा छ । नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । दास्रो स्थानमा रहेको ग्लोबलको नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो ।
वर्षभर वित्तीय क्षेत्रमा देखिएको लगानी संकुचन, तथा कर्जा असुलीमा समस्या र सहकारी तथा लघुवित्तको समस्याका प्रभावका बीच बैंकहरुले गरेको यो नाफा सन्तोषजनक नै हो । समग्रमा यो नाफा बृद्धिमा रहे पनि नाफा बढाउन सक्नेमा १० र अगिल्लो वर्षभन्दा कम नाफा गर्ने मा १० वाणिज्य बैंक देखिएका छन् ।
समिक्षा अवधिमा प्रभु बैंकले ४ अर्ब ४८ करोड, कुमारी बैंकले २ अर्ब ३० करोड, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका छन् । हिमालयन बैंकले २ अर्ब ८३ करोड, नेपाल एसबिआई बैंकले २ अर्ब १ करोड र लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेका छन् । प्राइम कमर्सिल बैंकले ३ अर्ब ७७ करोड नाफा कमाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३९ करोड कायम हुँदा स्ट्याण्डर्ड चाटर्डको नाफा पनि ३ अर्ब ४६ करोडबाट घटेर ३ अर्ब ३ करोडमा सिमित भएको छ । यस्तै, सिद्धार्थ बैंकको नाफा पनि ३ अर्ब १६ करोडबाट ३ अर्ब १ करोडमा झरेको छ भने सानिमा बैंकको पनि नाफा २ अर्ब ६० करोडबाट २ अर्ब ३८ करोडमा झरेको छ ।
एनएमबी बैंकको नाफा पनि ३ अर्ब २२ करोडबाट २ अर्ब ३३ करोडमा नेपाल बैंकको नाफा ३ अर्ब ४३ करोडबाट १ अर्ब ६५ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड नाफा कमाएको एनआईसी एशियाको नाफामा पनि ६८ प्रतिशतले गिरावट आएर १ अर्ब ३८ करोडमा सिमित भएको छ । सिटिजन्स बैंकको नाफा पनि १ अर्ब ८६ करोडबाट १ अर्ब ३४ करोडमा झरेको छ भने माछापुच्छ«े बैंकको नाफा १ अर्ब ६२ करोडबाट १ अर्ब २५ करोडमा आइपुगेको छ ।