Back To Top

August 15, 2025

सिटिजन्स लाइफको नाफा साढे ४२ करोड

Global Ime Bank AD

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२मा  ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आवमा ४३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ५० लाख रुपैयाँ कम नाफा कमाएको हो जुन १.१६ प्रतिशतको गिरावट हो।

यद्यपि कम्पनीको कुल आम्दानी ७ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ७९ करोड रुपैयाँ नाघेको छ भने कुल खर्च पनि ७ अर्ब १९ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष २२.०९ प्रतिशतको वृद्धि सहित ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

अघिल्लो वर्ष जीवन बीमा कोषको आकार १४ अर्ब २८ करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ३९ प्रतिशतको वृद्धि सहित १९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

Global Ime Bank
Prev Post

मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला

Next Post

यस्तो छ नागढुंगा सुरुङमार्गको पटके भाडा

post-bars

Leave a Comment