Back To Top

April 19, 2025

सान्भि इनर्जी लिमिटेडको आइपीओ खुला

Global Ime Bank AD

सान्भि इनर्जी लिमिटेडको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) र वडा नं.३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं.५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।

यसैगरी, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सोही नगरपालिकाको वडा नं। १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरु) का स्थायी बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । छिटोमा वैशाख १९ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन मिल्नेछ ।

यस्तै, कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ ।

Global Ime Bank
Prev Post

दाउन्ने सडक मनसुन अघि तयार गर्न निर्देशन

Next Post

नेपालमा लगानीका पर्याप्त अवसर छन्ः ढकाल

post-bars

Leave a Comment