Back To Top

July 10, 2025

सहकारीको बचतफिर्तामा पहल हुने

Global Ime Bank AD

काठमाडौं :

 कर्जा असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारी ऐन र नियमावलीले दिएको क्षेत्राधिकारलाई प्रयोग गरी काम अगाडि बढाउने बताएका छन् । आज पद तथा गोपनीयताको सपथ ग्रहणसँगै पदबहालीपछि पत्रकारहरु संक्षिप्त कुराकानी गर्दै ऐन नियमले दिएको क्षेत्राधिकारलाई टेकेर काम गर्ने बताएका हुन् ।

अध्यक्ष बस्नेतले सहकारी संघ संस्थाबाट नै उजुरी आउने र त्यस्ता उजुरीलाई छिनोफानोको लागि प्रतिवादीलाई म्याद दिने र म्यादभित्र प्रतिउत्तर आउने बताए । अहिले सहकारी क्षेत्रमा विकराल अवस्था रहेको र सहकारीले उठाउन नसकेको ऋण उठाउनलाई न्यायाधिकरणको भूमिका रहने बताए । सहकारी संघ संस्थाले ऋण असुलीको लागि सक्दो प्रयास गर्दा पनि असुली हुन नसकेको ऋण उठाउन सघाउने उनको भनाई छ ।
Global Ime Bank
Prev Post

पर्यटकले ८ अर्ब ल्याउँदा नेपालीले लगे १२ अर्ब

Next Post

ग्लोबल आइएमई बैंकलाई पुनः बेष्ट बैंक अवार्ड

post-bars

Leave a Comment