Back To Top

October 22, 2024

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Global Ime Bank

काठमाडौँ ।

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्यूनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २०औं संस्करण आजबाट सुरु भएको हो ।

कात्तिक ९ गतेसम्म हुने यस सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल केन्द्रित हुने आयोजकले बताएका छन् ।

सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रहरुमाथि छलफल हुने कार्यक्रम सकेत रहेको छ ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार। गैरसरकारी संस्था, र बीमा क्षेत्रका विज्ञहरु गरी चारसयभन्दा बढीको सहभागिता रहेको छ ।

Prev Post

ग्रिन फाइनान्स ट्याक्सोनोमी कार्यान्वयन सुरु

Next Post

बेलिब्रिजले पुनः जोडिए सिन्धुली र रामेछाप

post-bars

Leave a Comment