Back To Top

January 2, 2025

सन् २०२४मा नेपाल भित्रिए साढे ११ लाख पर्यटक

Global Ime Bank

काठमाडौं ।

२०२४ मा नेपालमा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ ।

नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।

२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।

यस वर्ष भारतबाट मात्र ३ लाख १७ हजार ७७२ जना पर्यटक नेपाल आएका छन् ।

अमेरिकाबाट १ लाख ११ हजार २१६, चीनबाट १ लाख १ हजार ८७९, बंगलादेशबाट ४८ हजार ८४८ जना पर्यटक नेपाल आएका छन् । यूकेबाट ५७ हजार ५५४ जना, जर्मनीबाट २९ हजार ८०१ जना पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Prev Post

नेपालका होटल २२ लाख पाहुनालाई सेवा दिन सक्षम

Next Post

इप्पानले रजत जयन्तीमा फोटो प्रदर्शनी गर्ने

post-bars

Leave a Comment