सडक सुधारका लागि विश्व बैंक १० करोड डलर ऋण
काठमाडौं ।
नेपाल सरकार र विश्व बैंकले प्रादेशिक र स्थानीय सडक सुधारका लागि १० करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर गरेका छन
सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच विश्व बैंक र सरकारका प्रतिनिधिले उक्त परियोजनामा हस्ताक्षर गरेका हुन् । परियोजनाका बारेमा जानकारी दिँदै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न एवम सरकारको क्षमतालाई सुदृढ गर्न मद्दत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास एसोसिएशनबाट १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको बताए ।
सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत संभार तथा सेवा प्रवाहमा सुधार गर्न प्रदेश, स्थानीय सरकारको व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य छ ।