Back To Top

March 16, 2025

वैदेशिक लगानी प्रतिबद्धता उच्च

Global Ime Bank AD
Insourance

काठमाडौँ।

गएको फागुनमा ४० परियोजनामार्फत करिब १८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार फागुनमा मात्र १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यो अहिलेसम्मकै उच्च लगानी प्रतिबद्धता हो । गत माघमा ३२ परियोजनामार्फत एक अर्ब ६५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा (साउन–फागुन) सम्म ४२७ परियोजनामार्फत ४४ अर्ब ६६ करोड ३७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । गत माघसम्म २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा फागुनमा मात्रै उच्च बढेको हो । माघको तुलनामा फागुनमा धेरै लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार आठ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ४१५, मझौला आठ र चार वटा ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । आठ महिनामा १९ परियोजनामार्फत अटोमेटिक रुट हुँदै १२ करोड ८६ लाख ४० हजार र रेगुलर रुटमार्फत १७ अर्ब ६७ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

United long banner ad
Prev Post

नागरिक लगानी कोषको वार्षिकोत्सवमा प्रभातफेरी

Next Post

नेप्से सिइओका लागि ५ जनाको नाम सार्वजनिक

post-bars

Leave a Comment