Back To Top

August 15, 2024

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

Global Ime Bank AD
Insourance

काठमाडौं,
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी गराएका हुन।
उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।
विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।
अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।

United long banner ad
Prev Post

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

Next Post

ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली

post-bars

Leave a Comment