Back To Top

October 29, 2025

लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

Global Ime Bank AD

काठमाडौ ।

सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ  ।

पाइलट खड्कालाई कैलास एयरको हेलिमार्फत  लुक्ला ल्याइएको छ । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण विहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए ।

Global Ime Bank
Prev Post

तीन प्रदेशमा मध्यम हिमपातको आँकलन

Next Post

नेपाल-भारत प्रशारणलाइन बनाउन संयुक्त कम्पनी बनाउने संझौता

post-bars

Leave a Comment