Back To Top

July 10, 2024

रिलायन्स सहित ३ उद्योगको बिजुली काटियो

Global Ime Bank

काठमाडौँ, २६ असार

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड फिडर र ट्रंकलाइनको बक्यौता नतिर्ने तीन उद्योगको लाइन काटेको छ । मंगलवारसम्म विद्युत्को बक्यौता तिन म्याद दिएकामा सम्पर्कमा नआएपछि प्राधिकरणले मंगलबार राती रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टमा विद्युत विच्छेद गराएको हो ।

प्राधिकरणले डेडिकेटड फिडर र ट्रंकलाइनको बक्यौता तिर्न ६१ उद्योगलाई गत असार १० गते पत्र पठाउँदै १५ दिनभित्र बक्यौता तिर्न सुचित गरेको थियो ।  पछि पहिलो चरणमा तीन उद्योगको लाइन काटिएको हो ।

६१ उद्योगको ६ अर्ब ६० करोड ७८ लाख बक्यौता देखिएको छ । त्यसमा २५ प्रतिशत जरिवाना थपिँदा उद्योगहरूबाट आठ अर्ब २५ करोड ९७ लाख उठाउनुपर्ने देखिन्छ । त्यसमा रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५१ करोड र अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख बक्यौता छ । अन्य उद्योगहरूको तुलनामा यी उद्योगको बक्यौता धेरै भएको प्राधिकरणको भनाइ छ ।

मंगलबार उद्योगीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणबाट टिओडी मिटरको तथ्यांक प्राप्त नभएसम्म बक्यौता नतिर्ने बताएका थिए ।

Prev Post

बिजुली किन्न बोलायो बंगलादेशले, प्रतियुनिट ६.४ सेन्ट

Next Post

रिलायन्सको सेयरमा लेखा समितिको पाँच प्रश्न

post-bars

Leave a Comment