Back To Top

October 24, 2024

महशुल विवादमा प्राधिकरण सञ्चालक समिति अनिर्णित, उद्योगीलाई बोलाईयो छलफलमा

Global Ime Bank

काठमाडौः
डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलको समस्या समाधान निकाल्न बसकेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक विना निश्कर्ष टुँगिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बुधबार पत्रकार सम्मेलन मार्पmत विवादको समाधान निकाल्ने बताएका थिए । सोही अनुसार प्राधिकरण सञ्चालक समिति बैठक बाट विद्युत् लाईन नकाट्ने निर्णय गराउने प्रयास उनको थियो ।

तर बैठकमा यो विषयमा छलफल भए पनि निश्कर्ष भने हुन नसकेको एक सञ्चालकले बताए ।
यहि विषयमा आफ्नो नोट अफ डिसेन्ट जनाएका एक सञ्चालक कपिल आचार्य भने बैठकमा अनुपस्थित रहेको जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आजसम्म महशुल भुक्तानीको म्याद दिएर १५ दिन पहिले सार्वजनिक सूचना जारी गरेको थियो । तर उद्यागीहरु तिर्न नआएपछि क्रमिक रुपमा लाइन काट्ने तयारीमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले तोकिएको महशुल तिर्नु हालसम्मका लागि निर्विकल्प उपाय रहेको बताए । अन्यथा प्राधिकरण बाध्य भएर लाइन काट्न अग्रसर हुने उनको भनाइ छ ।

तर ऊर्जा मन्त्री भने लाईन नकाट्ने रणनीतिमा रहँदै आएका छन् । सार्वजनिक लेखा समितिमा यो विषय छलफलमा रहेको भन्दै उनले असुल गर्नु पर्र्ने भए अन्य उपायबाट पनि असुल गर्न सकिने धारणा राखेका छन् ।
बैठकले अहिले कुनै निश्कर्ष ननिकाले पनि उद्योगी सँग छलफल गर्न उपयुक्त हुने भने पछि प्राधिकरणले उद्यमीहरुलाई बैठकमा बोलाएको छ ।

सोही अनुसार प्राधिकरण ग्राहक सेवा निर्देशनालय उप कार्यकारी निर्देशक मनोज सिलवालले उपलब्ध उद्यमीलाई आवश्यक छलफलका लागि अहिले २ बजे बोलाएका छन् । सिलवालका अनुसार उद्योगीहरुलाई किस्ता बन्दी सुविधामा बाँकी बक्यौता तिर्न आग्रह गरिनेछ । उद्योगीको कस्तो धारणा आउछ, त्यसपछि हामी के गर्ने भन्ने तय गर्ने छौ , उनले भने, उद्योगीहरुलाई समस्या मै परेको भन्ने लागेमा विद्यूत नियमन आयोग तथा अन्य न्यायिक निकायमा जान पनि उनीहरुलाई सुविधा छ ।

Prev Post

विपद् व्यवस्थापनका लागि थपियो २० अर्ब ऋण

Next Post

अन्ततः फेरि काटियो उद्योगमा बिजुली

post-bars

Leave a Comment