Back To Top

July 25, 2025

मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

Global Ime Bank AD
Insourance

काठमाडौं ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भने, “मधेशमा मौसमी संकटका कारण समस्या भोग्नु परेकाछ। यसका लागि तत्काल समस्याको समाधान गर्न यो घोषणा गरिएको हो।”

उनका अनुसार मधेशमा अहिले खेतीपातीमा खडेर पर्नु र अर्को १५ प्रतिशत घर धुरीमा खानेपानीको अभाव देखिएकोछ। सरकारले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल जनताको घरमा खानेपानी पुर्याउने र जनजीवनमा आएका समस्याको समाधान खोज्ने तर्फ अग्रसर हुने बताए ।

उनले मधेशको समृद्धि बिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र आवश्यक विकासका पुर्वाधार निर्माण गर्न जरुरी हुने प्रष्ट पारे । त्यस्तै, वातावरणको संरक्षण गर्दै विकासको समृद्धि हासिल गर्नु पर्ने पनि उनले बताए ।

United long banner ad
Prev Post

आइओइ महासचिव र महासंघका अध्यक्षबीच भेटवार्ता

Next Post

चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपतिसंग छलफल

post-bars

Leave a Comment