Back To Top

December 19, 2024

बैङ्कर्स संघमा नयाँ कार्यसमिति

Global Ime Bank

काठमाडौँ, ।
नेपाल बैङ्कर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न संघको ३८ औँ वार्षिक साधारण सभाले माछापुच्छ्रे बैङ्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका कोइरालाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । उनी यसअघि सङ्घको उपाध्यक्ष थिए ।

कार्य समितिको उपाध्यक्षमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सदस्यहरूमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सानिका बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल, एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय चयन भएका छन् ।

साथै निवर्तमान अध्यक्ष सुनील केसी कार्यसमितिको पदेन सदस्यका रूपमा रहनेछन् । पूर्वअध्यक्षहरू अशोकशमशेर जबरा र ज्ञानेन्द्रप्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकार रहने सङ्घले जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैङ्कहरूले सबैखाले अप्ठ्यारा सहन सक्ने क्षमता राखेको भन्दै प्रशंसा गरे । उनले पछिल्लो समय ऋण असुलीमा समस्या देखिएकाले प्रोभिजनिङ बढाएको स्पस्ट पार्दै े राष्ट्र बैङ्कले लाभांश रोक्न प्रोभिजनिङ नबढाएको स्पष्ट पारे । “ऋण दिँदा नै विचार पु¥याएका बैङ्कले अहिले पनि २५ प्रतिशत लाभांश दिँदै छन्, उनले भने ।

अनुमानयोग्य अवस्थाका आधारमा केन्द्रीय नीति तय गर्ने भन्दै गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रको रक्षा र प्रवर्धन नै आफूहरूले सोच्ने उल्लेख गर्नुभयो । समग्र अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा माग बढेको जानकारी गराए ।

आगामी दिनमा क्रमिक सुधार हुने र यसले बैङ्क तथा वित्तक्षेत्रमा ठुलो उत्साह आउने भन्दै आशावादी हुन आग्रह गरे । नवनिर्वाचित अध्यक्ष कोइरालाले आफ्नो नेतृत्वको समिति समग्र बैङ्किङ क्षेत्रको उत्थानमा लाग्ने बताए ।

Prev Post

एनएमबि बैंक र यूएसएडको डिजिटल वित्तीय साक्षरता

Next Post

आर्थिक कुटनीति प्रवर्दन गर्न चेम्बरको आग्रह

post-bars

Leave a Comment