Back To Top

March 13, 2025

बीमा प्राधिकरणले इजलास सञ्चालन गर्ने

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले अव अर्धन्यायिक प्रकृतिको बीमा इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरणले नवनिर्मित भवनबाट इजालास सुरु गर्ने जनाइएको छ ।

प्राधिकरण सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न बैठकले सामान्य अदालतमा झैं प्राधिकरणमा पनि मुद्दाको सुनुवाई प्रकृया लगायतलाई व्यवस्थित गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता सुशिल देव सुवेदीले मुद्दाको अवस्थाबारे सम्बद्ध पक्षले अनलाइन पोर्टलमार्फत् नै जानकारी लिन सक्ने गरी प्रबन्ध मिलाउन लागिएको बताए।

प्राधिकरणले विचाराधिन निवेदनहरूको सुनुवाइको मिति, मुद्दाको प्रगती, वादी प्रतिवादी, मुद्दाको फैसला र फैसलाको पूर्णपाठ समेत अनलाइन पोर्टलमार्फत सार्वजनिक गरिने जानकारी दिएको छ।

बीमितले समेत चाहेमा कानूनी सल्लाहकार नियुक्त गरेर आफ्नो पक्षमा बहस पैरवी गर्न पाउनेछन्,प्रवक्ता सुवेदीले भने, मुद्दाका पक्षहरूले निवेदन सम्बन्धमा थप पेश गर्नुपर्ने कागजातको विवरण पनि अनलाइन पोर्टलबाटै लिन सक्नेछन् ।

विचाराधिन मुद्दाको सम्बन्धमा अध्यावधिक जानकारी लिनका लागि सम्बन्धित पक्षहरू प्राधिकरणको कार्यालयमा नै धाउनुपर्ने बाध्यता छ। प्राधिकरणका अनुसार बैशाख १ गतेदेखि शुरू गर्ने योजना रहेको यो सुविधा कार्यान्वयनमा आएपछि मुद्दाको सामान्य प्रगतीबारे जानकारी लिन कुनै पनि पक्ष प्राधिकरणसम्म धाई रहनुपर्ने छैन।

United long banner ad
Prev Post

महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित

Next Post

निक्षेपमा अधिकतम ब्याजदर यथावत

post-bars

Leave a Comment