Back To Top

February 24, 2025

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

Global Ime Bank AD

काठमाडौं। बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। यस्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि कुनैपनि निर्णय नभएको ती मन्त्रीले जानकारी दिए।

यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको अध्यक्ष सिफारिस समिति मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौला गरी तीन जनाको नाम सिफारिस गरेको थियो।

तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नु अगाडि आवेदन दिने आवेदकमध्ये संक्षिप्त सूचीमा पाँच उम्मेदवारलाई छनौट गर्दै कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो। फागुन १० मा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझासँग अन्तर्वार्ता लिइएसकेपछि समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

Global Ime Bank
Prev Post

यूएसएआईडीका २ हजार कर्मचारी हटाइने

Next Post

डिजेलको खपत घट्दै, पेट्रोल र ग्यासको बढ्दै

post-bars

Leave a Comment