Back To Top

July 31, 2024

बाढीपहिरोले दुई जलविद्युत् आयोजनामा क्षति

Global Ime Bank AD
Insourance

काठमाडौँ,

अविरल वर्षासँगै आएको बाढीपहिरोले भोजपुरमा निर्माणाधीन १९ मेगावाटको दुई जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । गए राति आएको बाढीले १४.५ मेगावाटको अप्पर इर्खुवा खोला र ४.३ मेगावाटको फेदी खोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो ।

आरती पावर कम्पनीले निर्माण गरिरहेको अपर ईखुवामा बाढीले क्षति पुर्याएसँगै निर्माण कार्यमा खटिएका श्याम चौधरी र रमेश चौधरी बेपत्ता भएका छन् । रामकुमार चौधरीलाई भने करिब १ किलोमिटर तल घाइते अवस्था भेटिएको जनाइएको छ । एक जना स्थानीय महिला पनि बेपत्ता भएकी छन् ।आयोजनाको निर्माणकार्य खटिएका लेवर क्याम्प, क्सर, जडान गरिएको करिब पाँच सय मिटर पाइप समेत बाढीले बगाएको छ ।

United long banner ad
Prev Post

मौद्रिक नीतिमा अर्थतन्त्र चलायमान बनाउने प्रयासः सिएनआइ 

Next Post

अघि बढ्दै एमसीसी; सबै सबस्टेसनको ठेक्का सम्पन्न

post-bars

Leave a Comment