Back To Top

October 1, 2024

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने

Global Ime Bank AD
Insourance

काठमाडौ:

मनसुनी वायुको प्रभाव अझै वाँकी रहेकाका कारण बुधबार र विहीबार पूर्वी र मध्य नेपालमा अझै पानी पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मँगलबार साँझ जारी गरेको सूचना अनुसार १६ गते बुधबार र १७ गते कोशी र बागमति प्रदेशका एक दई स्थानमा भारी वर्ष हुने आँकलन छ । गत शुक्रबार र शनिबारको वर्षा र त्यसपछिको वाढी आक्रान्त पारिरहेका बेला पुनः भारी वर्षाको प्रक्षेपण आएको छ ।

बुधबार दिउँसो कोशी, मधेश,वागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहने र कोशीका केहि स्थान र वागमति र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्ययम सम्म वर्षा हुने जनाएको छ । विभागले कोशी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी बर्षाको पनि सम्भावना रहेको जनाएको छ। बुधबार राती पनि अवस्था यस्तै रहने आँकलनले कोसी र वागमति प्रदेशमा केहि सचेतता अपनाउनु पर्ने देखिएको छ ।

विभागले बिहीबारका लागि जारी गरको सूचना अनुसार कोशी र वागमती प्रदेशका एक( दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ । सो दिन राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना औल्याइएको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागले यस्तो पूर्वानुमान जारी गरेपश्चात वातावरण विद्धहरुले भने यो वर्षालाई गत शुक्रबार र शनिबारको वर्षाको क्षतिमा केहि थप गर्न सक्ने भन्दै सचेत गराएका छन् ।

मौसम विज्ञ उज्वल उपाध्यायले भारी वर्षाले गलाएको पहाडको माटोमा थोरैमात्रै पनि वर्षा थपिँदा पहिरोको उच्च जोखीम हुने भन्दै जोखीम युक्त क्षेत्रमा सवारी साधन नचलाउन सुझाव दिएका छन् ।

United long banner ad
Prev Post

प्रशारणलाइन विस्तारमा सघाउन नर्वेको चासो

Next Post

रियलमीको खरिदमा सवारी साधान जित्ने अफर

post-bars

Leave a Comment