Back To Top

July 24, 2023

पञ्चेश्वरको डीपीआर १५ दिनभित्र अन्तिम रुप

Global Ime Bank AD
Insourance

काठमाडौं

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ टोली (टीम अफ एक्सपर्ट्स) को नयाँ दिल्लीमा भएको बैठकले परियोजना प्रतिवेदनलाई १५ दिनभित्र परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त बैठकले आगामी तीन साताभित्र विज्ञ समूहको अर्काे बैठक बसी विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

साउन ५ र ६ मा नयाँ दिल्लीमा भएको विज्ञ समूहको बैठकमा जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी र भारत सरकारको तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त रुपमा अध्यक्षता गरेका थिए ।

‘विज्ञ समूहको यसअघिका बैठकहरुमा भएका सहमति तथा महाकाली सन्धिको मर्मअनुरुप हुने गरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई १५ दिनभित्र परिमार्जन गरी पेश गर्न वाप्कोसलाई लिमिटेडलाई निर्देशन दिने साथै तीन साताभित्र विज्ञ समूहको अर्काे बैठक बसी विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिने,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ ।

पञ्चेश्वरको डीपीआरको मस्यौदा भारतीय परामर्शदाता सरकारी कम्पनी वाप्कोसले गरेको हो । उसले बनाएको डीपीआरमा पानी बाँडफाँटका कतिपय बुँदामा नेपालले असहमति राख्दै आएको छ । यसअघि गत असार २२ गते पोखरामा सम्पन्न भएको नेपाल–भारत पञ्चेश्वर विकास प्राधिकरणको नियामक मण्डल (गभर्निङ बडी) को बैठकले तीन महिनाभित्र डीपीआर टुंगो लगाउने सहमति गरेको थियो ।

 

United long banner ad
Prev Post

बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड

Next Post

माथिल्लो अरुणको परामर्शदाता ठेक्का ट्राक्टेवल र वापकोसलाई

post-bars

Leave a Comment