Back To Top

June 9, 2024

निजी क्षेत्रको आँट: माथिल्लो तमोरमा जुट्यो लगानी

Global Ime Bank

काठमाडौं, २५ जेठ
नेपालको निजी क्षेत्रको विस्तारित मनोबल र लगानी क्षमता प्रदर्शन गर्ने गरी २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्यूत आयोजना बनाउन ऋण लगानी जुटेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो अर्ध जलाशयुक्त सो आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा स्वदेशी वित्तीय संस्थाहरुले लगानी सुनिश्चितता संझौतामा हस्ताक्षर गरेका छन् ।

करिव ५५अर्ब १५ करोड रुपैयाँँ लगात अनुमान गरिएको सो आयोजनामा प्रवर्दकको ३० प्रतिशत स्वपुँजी बाहेक नेपाली बैंकलले करिव ३८ अर्ब ६० करोड रुपैयाँ ७० प्रतिशत ऋण लगानी गर्ने भएका हुन् ।२८५ मेगावाट क्षमताको माथिल्लो तमोर आयोजना आगामी ४ वर्षमा सम्पन्न गर्ने गरी तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको हो ।

२०७९ कार्तिकमा नेपाल विद्युत् प्राधिकरणसँग विद्यूत खरिद बिक्री सम्झौता (पीपीए) भएको सो आयोजना निर्माणमा ऋण लगानी गर्न गत विहीबार तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र अगुवा बैंक एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरे । आयोजनामा कृषि विकास बैंक र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) सहलगानीकर्ताका रुपमा लगानी गर्न लागेका छन् । राष्ट्रिय बाणिज्य बैंक, प्रभू बैंक, लक्ष्मि बैंक, नेपाल एसबिआई बैंक र गरिमा विकास बैंकले पनि यसमा ऋण लगानी गर्ने जनाइएको छ ।
संझौता पत्रमा हस्ताक्षर गर्दै बैंकका कार्यकारी अधिकृत खालिङले जलविद्यूत् क्षेत्रमा स्वदेशी ऊर्जा उद्यमीको आँट र अनुभव बढ्दै जाँदा बैंकहरुले पनि लगानी बढाउँदै जाने अवस्था बनेको धारणा राखे । प्रवर्दक कम्पनीका अध्यक्ष ढुँगानाले नेपालमा जलविद्यूत् विकासमा निजी क्षेत्र प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा थप नीतिगत सहजता राज्यले सृजना गर्नुपर्ने माग गरे ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बन्ने अर्धजलाशययुक्त यो आयोजनामा ६ घण्टाको पिकिङ क्षमता हुने ढ्ुँगानाले जानकारी दिए ।आयोजनाबाट वार्षिक १ हजार ६ सय ५५ गिगावाट आवर अर्थात् १ अर्ब ६५ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ । जसमध्ये ४४६ गिगावाट आवर सुख्खायाममा उत्पादन हुने जनाइएको छ । उत्पादित विद्यूतलाइ २२० केभीको डबल सर्किट करिब १५ किलोमिटर लामो प्रसारण लाइन मार्फत ढुङ्गेसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

यसअघि स्पार्क हाइड्रोले १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवसथपन गरी निमाण गरिरहेको छ । हालसम्म देशभर जलविद्युतको उत्पादन निजी क्षेत्रबाट उत्पादित १८९० मेगावाट, नेपाल विद्युत् प्राधिकरणको ५८३ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको ४०३ मेगावाट २९६६ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । यस्तै सौर्य ऊर्जा ११६ मेगावाट, प्राधिकरणको थर्मल प्लान्ट ५३ मेगावाट र बगास ६ मेगावाट गरी ३१४१ मेगावाट पुगेको छ ।

Prev Post

बन्दै छ उपत्यका घेर्ने प्रशारणलाइन

Next Post

तेस्रो ठूलो सबस्टेसन तयार, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने

post-bars

Leave a Comment