Back To Top

July 8, 2025

जलविद्युत् आयोजनामा क्षति, १५ जना बेपत्ता

Global Ime Bank AD
Insourance

काठमाडौ ।चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् ।  चीनतर्फबाट लेन्दे खोलामा गएराति ३ बजे  आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

‘६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, ३ जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्,’ उनले भने। प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। ‘मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,’ उनले भने।

रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाका ३१ कर्मचारी, इन्जिनियर फसेका छन् । उनीहरुका लागि हेलिकप्टरबाट उद्धार गर्न खोजिए पनि प्रतिकूल मौसमका कारण पुग्न नसकेको रसुवागढी जलविद्युत् आयोजनका प्रमुख सत्यरातम ज्याख्वाले बताए ।
बाढीले नेपाल–चीन जोड्ने मितेर पुल बगाएर रसुवागढी जलविद्युत्को मुहान बाँधमा क्षति पुगेको, ठूलो बाढी आएकाले नदीको पारिपट्टि रहेको आयोजनास्थलका कर्मचारी उतै फसेको उनले बताए । हालसम्म उनीहरु सुरक्षित रहेको तर पानीकाे बहाव कम नभएकाले उद्धारमा समस्या भइरहेको छ ।

रसुवा स्थित चिलिमे जलविद्युत् आयोजनामा पनि क्षति पुगेको आँकलन छ ।  माथिल्लो त्रिशूली (३ ए ) तिर अहिले बिहान अत्यधिक ठूलो बाढी आएको छ ।

United long banner ad
Prev Post

टेक एण्ड पे’ प्रावधानमा पुनःविचार गर्नुपर्ने

Next Post

श्रम गर्ने नेपालीले पाएनन सम्मान: कुलमान

post-bars

Leave a Comment