Back To Top

August 2, 2024

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता एक हजार मेगावाट कायम

Global Ime Bank

काठमाडौं
चार सय केभि क्षमताको अन्तर्देशीय सीमापार विद्युत् प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरको क्षमता एक हजार मेगावाट कायम गरिएको छ । केही दिनअघि भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५ औं बैठकमा उक्त प्रसारण लाइनको क्षमता आठ सयबाट एक हजार मेगावाट पु¥याउन सहमति जुटेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले इनरुवा–ढल्केबरु ४०० केभीमा चार्ज गरेपछि यसको क्षमता प्रयोगको सिमा बढाइएको हो । ४ सय केभि डबल सर्किट सो प्रशारणलाईनको प्राविधिक क्षमता भने २ हजार मेगावाट हो ।सतजल जलविद्युत् कम्पनीले अरुण तेस्रोको बिजुली पनि ढल्केबर सवस्टेशनबाट भारत लैजाने जनाइएको छ । क्षमताअनुसार विद्युत् प्रसारण गर्ने नेपालका आन्तरिक संरचनाहरु तयार नभएका कारण भारतले यसको पूर्ण क्षमतामा सहमति नजनाएको हो ।

बैठकमा सुदूर पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारत निकासीका लागि चमेलिया (नेपाल) – जलजीवी (भारत) २८ किलोमिटर लामो २२० केभीको प्रसारण लाइन निर्माणबारे छलफल भएको जनाइएको छ । भारतले दस वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने सम्झौता भइसकेको छ भने नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरी १३ हजार मेगावाट भारत निर्यात गर्ने तयारी गरेको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गरेका थिए । भारतीय टोलीनको नेतृत्व केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर डीएस पैरवाले गरेका थिए ।

Prev Post

अर्थलाई छाडेन रकमान्तरको रोगले

Next Post

बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं:अर्थमन्त्री

post-bars

Leave a Comment