Back To Top

February 25, 2025

डिजेलको खपत घट्दै, पेट्रोल र ग्यासको बढ्दै

Global Ime Bank

काठमाडौँ, ।

बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ । माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ ।

सो अवधिसम्म १५ लाख १६ हजार ९६७ किलोलिटर कुल पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन मटितेल) आयात भएकोमा झन्डै आधा हिस्सा डिजेलको रहेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ । २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुने गर्छ ।

निगमका अनुसार गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल घटेर मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को सात महिनामा ६६ अर्ब ४८ करोड दुई लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्ष सो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपियाँको डिजेल आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सात महिनामा १० अर्ब रुपैयाँको डिजेल आयात कम भएको छ ।

Prev Post

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

Next Post

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज

post-bars

Leave a Comment