Back To Top

April 22, 2025

ट्रम्पको धम्कीले सर्लक्कै बढ्यो सुनको भाउ

Global Ime Bank AD

काठमाडौं ।  सुनको भाउ स्थानीय बजारमा आज सर्लक्कै बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंक लाई व्याज घटाउन घम्किपूर्ण निर्देशन दिएका छन् । सोही हस्तक्षेपकारी व्यवहारका कारण सुनको मूल्य बढेको र डलरको भाउ कमजोर भएको अन्तरराष्टिय सञ्चारमाध्यमले जनाएको छन् ।

ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए ।

‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा भनेका छन्, ‘अहिले ब्याजदर घटाउन नसके अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’

साथै, उनले ब्याजदर तत्काल घटाइ हाल्न फेड अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।

केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

मंगलबार कारोबार प्रारम्भमा थप मूल्य बढेर ३ हजार ४ सय ८० डलर हाराहारी पुगेको हो । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ ।

 

Global Ime Bank
Prev Post

नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त

Next Post

प्रसारण लाइन उद्घाटन गर्न भारतीय मन्त्रीद्वारा अस्वीकार

post-bars

Leave a Comment