Back To Top

December 2, 2024

जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 

Global Ime Bank
काठमाडौँ ।
सरकारले जल विद्युत् आयोजनामा लगानी गर्न विपन्न बर्गका नागरिकलाई विना धितो कर्जा उपलब्ध गराउने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनताको जलविद्यत् कार्यक्रमको कार्यविधि संसोधन गरेर यस्तो व्यवस्था गरेको हो ।
उर्जामन्त्री दीपक खड्काको पहलमा ‘जनताको जलविद्युत कार्यक्रम’को दोस्रो संशोधन गरी गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर दुई लाखदेखि अधिकतम पाँच लाखसम्म विना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको बताए ।
प्राकृतिक स्रोत माथिको अधिकार सवै नागरिकमा समान हुने भएकाले आर्थिक हिसावले विपन्न रहेका नागरिकलाई समेट्ने गरी यस्तो संसोधन गरिएको मन्त्री खड्काले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराए । “स्रोत माथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्धि हाँसिल हुन सक्दैन,”– उर्जामन्त्री खड्काले भने ।
मन्त्रालयले नेपाल सरकारले परिभाषा गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिस गरेका विपन्न नागरिकलाई प्राथमिकता दिएर काम गर्नेछ । पैाि नहुनेका लागि उक्त कार्यविधि ल्याइएको उहाँको भनाई थियो । मन्त्री खड्काले जनसंख्याको आधारमा भन्दापनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको मन्त्री खड्काको भनाई थियो । सुरुमा आयोजना प्रभावित जिल्ला र प्रसारण लाईन रहेका जिल्लाका विपन्न वासिन्दामा लागू गरिएपनि विस्तारै उक्त व्यवस्थालाई देशभर लागू गरिने मन्त्रालयले जनाएको छ ।
शेयर खरीदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका अािर्थक रुपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैँक तथा वित्तिय संस्थामार्फत शतप्रतिशत विना धितो सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउनका लागि कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख छ ।
स्थानीय सरकारले दिएको घरधुरीको संख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको शेयरको ग्यारेन्टी सरकारले लिनेछ ।
सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ । जसमा माथिल्लो त्रिशुली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बुढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत रहेका छन् ।
Prev Post

विपद जोखिम व्यवस्थापनमा हिड्नुपर्ने बाटो

Next Post

नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा

post-bars

Leave a Comment