Back To Top

April 27, 2025

चल्न थाल्यो उदयपुर सिमेन्ट उद्योग

Global Ime Bank AD

उदयपुर

कर्मचारीको विवाद र अदालती प्रकृयाका कारण छ महिनादेखि उत्पादन ठप्प रहेको उदयपुर सिमेन्ट उद्योगले गएको विहीबारदेखि पुनः उत्पादन थालेको छ ।  उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार बिहीबार रातिदेखि क्लिङ्कर उत्पादन सुरु भएको हो । पहिलो दिन नै उद्योगले चार हजार बोरा सिमेन्ट उत्पादन गरिसकेको उनले बताए ।

 

दैनिक चार सय मेट्रिक टन क्लिङ्कर उत्पादन हुने सरकारी स्वामित्वको सो उद्योगसँग १२ दिनसम्म पुग्ने कोइला र डिजेल मौजात छ । यो अवधिमा उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्री गरी पुँजी परिचालन गर्ने योजना बनाइएको निमित्त महाप्रबन्धक साहले बताए ।

ललितपुर जिल्ला अदालतले कोइला सप्लायर्स पायोनियर होल्डिङको नौ करोड ९२ लाख ७७ हजार बक्यौता १५ दिनभित्र तिर्न उद्योगलाई पत्राचार गरेको छ । भुक्तानी नभए उद्योगका बैङ्क खाता बन्द हुने खतरा छ । काठमाडौँ जिल्ला अदालतको आदेशमा उद्योग सञ्चालनार्थ ल्याइएको ऋण रकमबाट रौता सर्भिसेजलाई ९६ लाख ९२ हजार भुक्तानी गरिएको थियो । पूर्ण सरकारी स्वामित्वको यो उद्योगको दैनिक आठ सय मेट्रिक टन गैँडा सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ ।

तीन वर्षदेखि घाटामा चल्दै आएको उद्योगलाई सुचारु गर्न गत चैतमा सरकारले १६ करोड रुपैयाँ अनुदान दिएको थियो । यसबाट मेसिन मर्मतमा पाँच करोड रुपैयाँ खर्च भएको छ ।

Global Ime Bank
Prev Post

सहकारी ठगीमा कांग्रेस सांसद पक्राउ

Next Post

हरित वित्तः नेपाल रूपान्तरणको रणनीतिक आधार

post-bars

Leave a Comment