Back To Top

June 19, 2025

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच समझदारी

Global Ime Bank AD

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

Global Ime Bank
Prev Post

यूनाइटेड अजोडको लाभांश घोषणा

Next Post

ग्वार्को ‘ओभरपास’ आज उद्घाटन

post-bars

Leave a Comment