एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’
काठमाडौं । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सबै बैकिङ सेवाहरू क्रमश: डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकले पुरस्कारबाट डिजिटल बैंकिङको पहलमा थप उत्प्रेरणा मिलेको जनाएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत २०२४ अगस्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट एनआईसी एशिया बैंक उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।