आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक: महासङ्घ
काठमाडौं ।
दुईवटा सरकार पहिले नै निजीक्षेत्रले माग गरेकेा आर्थिक सुधार आयेाग गठनकेा मागमा सरकार सहमत भएर कार्ययेाजना नै बनाएपछि नेपाल उध्येाग वाणिज्य महासंघले खुसी जनाएकेा छ ।शुक्रबार अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको भन्दै बिज्ञप्ती जारी गरेकेा छ ।
आर्थिक सुधारका लागि समन्वय गर्न उच्चस्तीय संयन्त्र बनाउन पुष्पकमल दाहाल नेत्रित्वकेा र डा प्रकाशरण महतकै सरबारलाई आग्रह गरिएकेा थियेा । त्यसपछि वर्षमान पुन अर्थमन्त्री बने । तर येा मागमा खासै चासेा दिएकेा थिएन ।
अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।
‘महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु,’ महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
महासंघले मितव्ययी रुपमा आयोग संचालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।