Back To Top

April 7, 2025

आज मन्त्रिपरिषद्‍को बैठक,गभर्नर नियुक्ति गर्ने सम्भावना

Global Ime Bank AD
काठमाडौँ
मन्त्रिपरिषद्‍को बैठक आज बस्दैछ।

सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ। महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ।

२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन्। गभर्नरको पदावधी एक महिना बाँकी रहँदै नयाँ गभर्नर नियुक्त गरिसक्नु पर्ने कानुनी प्रावधान कार्यान्वयन बाट सरकार चुकिसकेको छ । मन्त्रीपरिष्दमा गभर्नर नियुक्ती सिफारिस गर्न समिति गठन गरिएपनि सो समितिको औपचारिक बैठक वसी नाम सिफारिस हुन सकेको छैन ।

Global Ime Bank
Prev Post

बिपी राजमार्ग पुनर्निर्माण गर्न बोलपत्र आह्वान

Next Post

निलम ढुंगाना बनिन् कामु गभर्नर

post-bars

Leave a Comment