Back To Top

June 12, 2024

‘आइटी दशकका लक्ष्य प्राप्ती सम्भव’

Global Ime Bank

काठमाडौ, ३० जेठ
आगामी एक दशकलाई आइटी दशक त्यसको प्रस्थानविन्दु आगामी आर्थिक वर्र्ष र दशकभरमा ३० खर्बकोे सुचना प्रविधि निर्यातको बजेट वक्तव्यको लक्ष्यलाई भेट्न असम्भव नरहेको सरोकारवालाको भनाई छ । नीति र लक्ष्य ल्याउने सरकारी अधिकारीमात्र होइन यो व्यवसायमै संल्ग्न उद्यमी र विज्ञसमेतले यसलाई सम्भाव्य लक्ष्यका रुपमा ब्याख्या गरे । तर नीतिगत स्थिरता निर्दिष्ट कार्यदल र स्पस्ट मार्गचित्र निर्माण र कार्यान्वयनन भने यसको पूर्वसर्त रहने उनीहरुको भनाइ छ ।

आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको ‘आईटी डिकेड स् अ वे फर्वार्ड’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईटी दशक सफल पार्न स्पष्ट दृष्टिकोणसहितको मार्गचित्र बनाउने जनाइन् ।बजेटमा सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा समावेश गरिएकाले यसले निर्दिष्ट गरेको दिशा र प्राथमिकताअनुसार आगामी कार्यायोजना बनाउन खोजिएको मन्त्री शर्माको भनाइ छ । ‘यसका लागि हरेक वर्षको कार्ययोजनासहितको विस्तृत योजना बनाउन आवश्यक छ,’ उनले भनिन् ‘ यसका लागि सञ्चार मन्त्रालयअन्तर्गत एउटा सानो कार्यदल बनाएर कार्ययोजना तय गर्न खोजिरहेका छौं ।’

आईटी उद्यमीहरूले नीतिगत स्थिरता, करका दरमा राहत र आईटी जनशक्ति निर्माणका लागि शैक्षिक संस्थामा कोटा प्रणाली खारेजी र सरकारले यस क्षेत्रमा लगानी बढाउयोजना वद्ध रुपमा जाने हो भने त्यो लक्ष्य प्राप्तीका लागि १० वर्ष पनि कुर्नु नपर्ने उद्यमीको आँकलन छ ।

बजेटमा आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाउने भनिएको छ । सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रूपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने र सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यातसँगै ५ लाखलाई प्रत्यक्ष र १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

अर्थमन्त्री वर्षमान पुनले यसपटकको बजेटको मुख्य जोड नै आईटी रहेको अर्थमन्त्री वर्षमान पुनको भनाइ थियो । उनले सरकारले नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधार, नीतिगत र कानुनी पूर्वाधार तयार गर्ने प्रतिबद्धता पनि जनाए । ‘नीतिको निरन्तरता हुनुपर्छ भनेर उच्चस्तरीय आयोग बनाउन खोजेका छौं,’ उनले भने, ‘जसरी १६ वर्षअघि ऊर्जा क्षेत्रमा जे नीति लिइयो, त्यसको निरन्तरता आज पनि छ । सूचना प्रविधिमा यस्तै फड्को मार्नु आवश्यक छ ।’

कार्यक्रमको सामूहिक छलफल सत्रमा लोटस होल्डिङ्सका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत अजितविक्रम शाहले आईटी क्षेत्रका बजेट वक्तव्यमा उल्लेखिनत लक्ष्य १० वर्षभन्दा पहिले नै प्राप्त हुने दाबी गरे । ‘आईटी र आईटी इनेबल्ड सर्भिसमा हाम्रा लागि पर्याप्त अवसर छ । उनले भनेै,’ ‘अन्य देशको तुलनामा नेपालको आईटी सेवा सस्तो र गुणस्तरीय हुनुलगायत कारण हाम्रा लागि अवसर हुन ।’

नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका अध्यक्ष मनोज पौडेल लगानी विस्तार र नीतिगत सहजतामार्पmत हाल आईटी क्षेत्रले हासिल गरिरहेकोे १६।८९ प्रतिशतले वृद्धिको वृद्धिलाई ३६ प्रतिशतमा पुराउनु पर्ने आँकलन गरे । उनको विचारमा यो कम चुनौतिपूर्ण भने छैन तर नीतिगत स्थिरता र यस क्षेत्रमा सरकारले पुँजीगत खर्च बढाए सम्भव हुनेछ । सूचना प्रविधि जनशक्ति निर्माणका लागि स्थानीय तहले पनि जिम्मेवारी लिन आवश्यक रहेको किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत कर्भिका थापाले औंल्याइन । ‘अहिले हामीसँग करिब १ लाख आईटी जनशक्ति छन, १० वर्षमा १५ लाख पु‍र्याउने बजेटले लक्ष्य लिएको छ,’ उनले भनिन, ‘काठमाडौं एक्लैले १० लाख जनशक्ति उत्पादन गरे पनि हरेक प्रदेशले कम्तीमा एक–एक लाख त उत्पादन गर्नैपर्छ ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) की परामर्शदाता अमृता शर्माले आईटी दशकको लक्ष्य हासिल गर्न सरकारले आईटी उद्यमीलाई केही समय करमा राहत दिनुपर्ने, नेपालको आईटी क्षेत्रको अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि टेक–डिप्लोमेसीमा पहल थाल्नुपर्ने, दूरसञ्चार क्षेत्रमा करको दर पुनर्विचार गर्नुपर्नेलगायत सुझाव दिइन् ।

Prev Post

ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन पनि तयार

Next Post

 डाटा सेन्टर सञ्चालनमा , आफ्नै क्लाउड बनाउने तयारी

post-bars

Leave a Comment