अपर बलेफीमा जुट्यो लगानी

काठमाडौ ।
४६ मेगावाटको अपर बलेफी हाइड्रोपावर लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा ऋण लगानी गर्ने संझौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका स्थित बलेफी नदीमा बन्ने सो आयोजनाका लागि सहवित्तियकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लि. बीच संंझौता भएको हो ।
नदी प्रवाहमा आधारित ४६ मे.वा. क्षमताको अपर बलेफी जलविद्युत आयोजनाको कूल लागत ९ अर्ब.४३ करोड रुपैयाँमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहने कम्पनीले जनाएको छ । संझौताअनुसार लक्ष्मी सन्राइज बैंकले ४.०७ अर्ब रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ , नेपाल एसविआई बैंकले १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।
अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पाएको थियो । कमपनीले २०८० साल मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु छन् । आयोजनाबाट वार्षिक करिव २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति हुनेछ ।