Back To Top

Air
April 6, 2025

अझै घटेन काठमाडौको वायु प्रदुषण

Global Ime Bank AD

काठमाडौँ ।

काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषण उच्च छ। आइतबार बिहान सबा ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वमै दोस्रो स्थानमा छ।

यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ। इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २०४ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २४९ छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०२ छ। शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा हावा चलेकाले प्रदूषण केही घटे पनि खतरा टरेको छैन।

चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताएका छन्।  विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन्।

Global Ime Bank
Prev Post

सहकारी व्यवस्थित गर्न राष्ट्र बैंकको नयाँ मापदण्ड

Next Post

दाउन्नेमा सडक बनाउन सवारी बन्द गरिने

post-bars

Leave a Comment