Back To Top

June 29, 2025

३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

Global Ime Bank AD

काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै छ।

केन्द्रीय बैंकले आइतबार ६३ दिनका लागि उक्त रकम निक्षेप संकलन गर्न लागेको हो।

मौद्रिक व्यवस्थापन विभागका अनुसार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुने बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। घटीमा १० कराड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाइनेछ।

आगामी भदौ १५ गते यसको सावाँ तथा ब्याज भुक्तानी हुनेछ भने यसलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न समेत सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

Global Ime Bank
Prev Post

लुम्बिनीको बजेट बबन्डरः संसोधन गर्नुपर्ने काँग्रेसकै निर्णय

Next Post

महाकालीमा पानी बढेपछि सवारी आवतजावतमा रोक

post-bars

Leave a Comment