Back To Top

May 17, 2025

हङकङमा वर्किङ भिसा खुलाउन पहल

Global Ime Bank AD

काठमाडौं ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका) गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले सरकारले नयाँ नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने भएकाले सरकारी स्तरबाटै कुटनीतिक पहल अघि बढाउने बताएका हुन् ।

उहाँले भने, “यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ, बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेर भन्दा पनि बेइजिङसँग पनि कुटनितिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ ।”
हङकङमा हाल ३० हजारको हाराहारीमा नेपालीहरु छन । हावापानीदेखि सुरक्षा र तलवको हिसाबले पनि नेपाली युवाहरुका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक हो ।  हङकङमा घरेलु महिला कामदारको माग अत्याधिक रहेपनि भिसा नपाउँदा गैरकानूनी र अवैधानिक बाटोबाट महिलाहरु जने गरेको सचिव गुरुङले गराइन् ।
जवाफमा मन्त्री भण्डारीले आफू पनि भिसा खुलाउनुपर्छ भन्नेमा गम्भीर रहेको उल्लेख गरे ।

राष्ट्रिय समन्वय परिषद् हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालले हङकङमा नेपाली युवाहरूका लागि सुरक्षित, मर्यादित र समुचित तलबसहितको रोजगारी उपलब्ध गराउन सक्ने सम्भावना रहेको हुँदा नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत पनि ठुलो योगदान हुन सक्ने औल्याए ।

उनले भिसा खुलाउने सन्दर्भमा नेपाली र हङकङ सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न सकिने सम्भावना औल्याए । “यसले दीर्घकालीन समाधानको बाटो खोल्न सक्छ र अन्य मुलुकबाट हङकङ आउने कामदारहरूलाई अवसर दिएको देखिन्छ,” उनले भने हङकङ सरकारसँग विश्वास निर्माण गर्न एनआरएन हङकङ, दूतावास तथा नेपाली सरकारबीच समन्वयात्मक पहल अपरिहार्य रहेको उनको भनाई थियो ।

Global Ime Bank
Prev Post

करका आधार विस्तार गर्न सुझाव

Next Post

हितेन्द्रले भने– चिन्ता लिनुपर्ने अवस्था छैन

post-bars

Leave a Comment