Back To Top

September 19, 2024

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय

Global Ime Bank AD
Insourance

काठमाडौ:

सरकारले सहकारी ठगी प्रकरणमा दोशी औल्याइएका रबी लामिछानेसहितका व्यक्ति माथि अनुसन्धान गर्ने निर्णय गरेको छ । बुधबार सहकारी ठगी सम्बन्धी संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्दै सो अनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री परिष्द बैठकले निर्देशन गरेको एक मन्त्रीले जानकारी दिए ।

एमाले सांसद सूर्य बहादुर थापाको अध्यक्षतामा बनेको संसदीय छानविन समितिको सिफारिस कार्यान्वयन हुने गरी हिनामिनामा जोडिएका विषय तथा अपचलनको प्रकृति अनुसार सरोकार राख्ने निकायलाई अनुसन्धान गर्न मन्त्रीपरिष्दले निर्देशन दिएको हो । समितिले भदौ ३१ गते प्रतिवेदन सरकारलाई बुझाएको हो । संसद हुँदै मन्त्री परिष्द पुगेको सो प्रतिवेदनका अधिकाँश सिफारिस गृह मन्त्रालयले कार्यान्वयन गर्ने प्रकृतिका छन् ।

समितिले राष्टिय स्वतन्त्र पार्टी रास्वपाका सभापति संलग्न रहेको गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम प्रवाह भइ सो रकम दुरुपयोग भएको भन्दै रबीसहित अन्य संलग्न लाई कारबाहीको सिफारिस गरेको थियो । प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्कको खातामा आईसकेपछि खर्च गर्ने गराउने प्रक्रियमा संल्गन रहेको देखिन आएबाट सञ्चालकहरु गितेन्द्रबाबु ९जीबी० राई, कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने सञ्चालक छविलाल जोसी कम्पनीमा साझेदारका रुपमा रहेको कानुन बमोजिम कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सिफारिस पछि लामिछाने तथा उनको पार्टी आवद्ध नेतृत्वले रविले क्लिन चिट पाएको ब्याख्या गरेका थिए । तर अध्ययन समितिका सभापति सुर्य थापाले यस्ता हल्ला निराधार भएको र रबि माथि अनुसन्धान र कारबाहीका लागि स्पस्ट सिफारिस गरिएको बताए ।
उनले रविमात्र नभई नेपाली काँग्रेसका उपसभापति धनराज गुरुडलाई पनि आवश्यक अनुसन्धान गर्न सिफारिस भएको जानकारी दिए ।

 

United long banner ad
Prev Post

तयार भयेा २२० केभि उदीपुर सबस्टेसन

Next Post

सत्तारुढको साझा कार्यक्रम:अर्थतन्त्र चलायमान बनाइने

post-bars

Leave a Comment