Back To Top

July 14, 2023

रासायनिक मल कारखानाको सम्भाब्यता अध्ययन हुने

Global Ime Bank AD

काठमाडौँ
नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सन्दर्भमा चल्दै आएका बहसलाई निश्चित दिशा दिनेगरी लगानी बोर्ड नेपालले रासायनिक मल कारखानाको विस्त्रीत सम्भाव्यता अध्ययन गराउने भएको छ । यसका लागि बोर्डले विहीबार जर्मनीको डीआइएजी इण्डस्ट्रिज जीएमबीएच सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनीका तर्पmबाट कार्यकारी निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गर्नुभयो । बोर्डको २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।समझदारीपत्रअनुसार जर्मन कम्पनीले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र सम्भाव्यता प्रतिवेदन बोर्ड कार्यालय समक्ष पेश गर्नुपर्नेछ ।
समझदारी अनुसार जीएमबीचले प्राकृतिक ग्यास, इलेक्ट्रोलाइसिस वा दुवै प्रविधिमध्ये उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन युरिया उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लेखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१ करोड ४० लाख अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गर्नुभयो ।

Global Ime Bank
Prev Post

‘१० वर्षमा २० हजार मेगावाट विद्युत’

Next Post

बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड

post-bars

Leave a Comment