Back To Top

July 26, 2024

मौद्रिक नीति अर्थतन्त्रका समस्या समाधानमुखीः अर्थमन्त्री पौडेल

Global Ime Bank AD
Insourance

काठमाडौं,

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने खालको बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक गरी अर्थमन्त्री पौडेललाई उनको सचिवालयमै भेटगर्न पुगेका गभर्नर महाप्रसाद अधिकारीसँगको संवादमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।मौद्रिक नीति लचिलो र निजी क्षेत्रमैत्री आएको भन्दै उनले यो नीतिले लगानी प्रोत्साहन गर्ने प्रतिकृया दिनुभएको हो ।

“मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखि समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,” अर्थमन्त्री पौडेलले भने, “मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ ।”

पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरे  ।

United long banner ad
Prev Post

लचिलो मौद्रिक नीति, निजीक्षेत्रलाई सहजता

Next Post

लगानी स्वीकृति भएका सवै परियोजना हरित ऊर्जाका

post-bars

Leave a Comment