मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक

काठमाडौं ।
सन् २०२५ को मे महिनामा एकै महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा कीर्तिमान बनेको छ ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार मे महिनामा मात्रै १ लाख ९४ हजार ७५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यस अघि अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका थिए ।
उक्त संख्या पनि अप्रिलमा हालसम्मकै उच्च थियो । मे महिनाको तथ्यांकले विदेशी पर्यटक आगमनमा रेकर्ड कायम हुनुले पर्यटन क्षेत्रमा आशा र भरोसा बढाएको देखाएको छ ।
अध्यागमन विभागका अनुसार मे महिनामा १ लाख २८ हजार ९२६ पुरुष नेपाल भित्रदा ६५ हजार ७७१ महिला पर्यटक नेपाल आएका थिए । सन् २०२५ मा नेपाल आएका पर्यटकमा मार्चमा १ लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनावरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल आएको पनि तथ्यांकले देखाएको छ ।
सन् २०१९ मा नेपालमा सबैभन्दा बढी पर्यटक आउँदा समेत उक्त वर्षको मे मा ७८ हजार ३२९ मात्रै पर्यटक आएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार पर्यटक नेपाल आउँदा सबैभन्दा बढी अक्टोबरमा १ लाख ३४ हजार पर्यटक आएका थिए ।
