Back To Top

August 13, 2024

बाँणगङ्गामा बाढी छेक्न बाँस र बेाराकेा बांध

Global Ime Bank

कपिलवस्तु।

कपिलवस्तुकेा महाराजगञ्ज  नगरपालिका वडा नं १० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्ध कार्यक्रम सुरु भएको छ ।

गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली वस्ती जोगाउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेको थियो ।

नदी वरपरको वस्तीमा क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उक्त नदी वरपर तत्काल तटबन्धको काम अगाडि बढाउन जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर पाँच वुटवल रुपन्देहीलाई निर्देशन दिएका थिए ।

कार्यालय प्रमुख, सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितका अनुसार हालसम्म १०० मीटर जमीनमा तटबन्ध कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त बाढीले दुई घर विस्थापित हुनुका साथै २५ घर जोखिममा परेका थिए भने तीन रोपनी जग्गामा क्षति पु¥याएको थियो ।

“कार्यालयमा नदी तटबन्धको लागि आकस्मिक बजेट नभएपछि आवश्यक रकम मागका लागि विभाग र मन्त्रालयमा पठाएका थियौँ, मन्त्रालयकै निर्देशनमा उक्त कामलाई अगाडि बढाएका हौँ,”– कार्यालय प्रमुख पण्डितले भने ।

कुल १७० मीटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भएपनि हालसम्म १०० मीटरमा तटबन्धनको काम सम्पन्न भइसकेको छ । २४ लाख रुपैयाँ लागतमा तटबन्धको काम सम्पन्न हुन लागेको जनाईएकेा छ ।

Prev Post

बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी

Next Post

बाढी रोक्ने बर्खे जुगाडः

post-bars

Leave a Comment