पक्राउ परे ७७ वर्षीय मिटरब्याजी विनोद

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा पैसा र सुन बरामद गरेको छ ।
मंगलबार दिउँसो करिब तीन घण्टा चलेको अपरेशनमा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी नगद र करिब दुई किलो सुनका गरगहना बरामद गरेको हो । विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले घरमा छापा मारेको हो ।
गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ नै उक्त घरको घरधनी रहेको र उनलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी स्रोतका अनुसार श्रेष्ठले मिटरब्याजमा रकम लगाउने र सुन धितो राख्ने गरेका थिए ।
