Back To Top

July 3, 2025

नेप्से परिसूचक २७ सय अंक माथि

Global Ime Bank AD
Insourance

काठमाडौं ।

बिहीबार सेयर बजार २७ सय अंक माथि पुगेकाे छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेकाे हाे ।

बजार बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भएकाे छ।

आज १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घटेकाे छ। आज जीवन बीमा २.६२, निर्जीवन बीमा २.२४ प्रतिशत बढेका छन् । आज बैंकिङ ०.३१, विकास बैंक १.२०, उत्पादन तथा प्रशोधन ०.३९ र अन्य समूह ०.०३ प्रतिशत बढेका छन्।

व्यापार १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशत घटेका छन्। नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेकाे छ। त्यस्तै खानीखोला हाइड्रोपावरको ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ तथा सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशत मूल्य बढेका छा्।

सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घटेका छन् । धौलागिरी लघुवित्तको ५.५५ तथा पाँचथर पावरको ३.७९ प्रतिशत घटेका हुन्।

United long banner ad
Prev Post

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बाटो खुला

Next Post

इप्पान पावर समिट असोज १ र २ गते

post-bars

Leave a Comment