Back To Top

September 21, 2025

नेप्सेको भारित औषत गणना विधि हटाइयो

Global Ime Bank AD

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ ।

आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ ।अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो ।

२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।

Global Ime Bank
Prev Post

चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन

Next Post

रोकिएन तुइन खोलाको गुर्गुरे पहिरो

post-bars

Leave a Comment