Back To Top

May 13, 2025

निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति

Global Ime Bank AD

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति लिएको छ ।

प्रतिकित्ता १ हजार रुपैयाँ दरले ५० लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति दिइएको हो । निफ्राले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘६ प्रतिशतनिफ्रा उर्जा ऋणपत्र–२०८८–८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कूल इकाईमध्ये २ अर्ब रुपैयाँको २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ । बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरुलाई बिक्री गर्ने बिक्री प्रबन्धक  एनआइएमबी एस क्यापिटल लिमिटेडले जनाएको छ ।

 

Global Ime Bank
Prev Post

आर्क्स ग्रुपद्वारा १८ जुबाओ भ्यान डेलिभरी

Next Post

नेपालको रेलसेवामा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह

post-bars

Leave a Comment