नाडालाई महासंघ बनाउन नपाइने
काठमाडौं ।
नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालमा रहेको विवाद पुनः सतहमा आएको छ । केही दिन अघि मात्रै नाडाले पुस ९ गते गर्नेगरी आफ्नो ४९ औँ वार्षिक साधारणसभा बोलाएको थियो ।
तर, नाडालाई महासंघमा रुपान्तरण गर्ने प्रस्ताव पेश गर्ने गरी साधारणसभाको मिति तय गरिएपछि असन्तुष्ट पक्ष जिल्ला प्रशासन काठमाडौं पुग्यो । त्यससँगै हाल नाडाले गर्ने भनेको साधारण सभा फेरि अन्यौलमा परेको छ । तर नाडा महासंघ बनाउने प्रस्ताव विधान सम्मत नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले नाडाको अधिवेसन नगर्न आदेश दिएको होे । अधिवेशन बोलाइएको भन्दै जिप्रका काठमाण्डौमा उजुरीसमेत परेको थियो ।