Back To Top

April 26, 2025

ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्क मिल्दो जुल्दो ब्राण्ड भन्दै त्यसतर्फ सरकारले कानुनी कदम चाल्न आवश्यक रहेको बताएका हुन् ।

नेपालको कानुनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि उनको भनाइ थियो ।

उनले भने, ‘खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु ।’

बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यस्तै बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

‘गीत संगीतको क्षेत्र जुन उद्योगको रुपमा विकास भइरहेको छ । आउने दिनमा थप प्रोत्साहन गर्न सपोर्ट हुनेछ’ उनले भने। सदस्य राष्ट्रको रुपमा नेपालले यस्तो कार्यक्रम गर्दा जनचेतना आउने कुरामा पनि सपोर्ट गरेको समेत बताए । उनले भने, ‘नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरेको छ । जसले पेटेन्ट ट्रेडमार्क अधिकारलाई सुरक्षित राख्न सहयोग गरेको छ । अहिले हामीकहाँ पनि कतिपय ट्रेडमार्क र पेटेन्टको इस्युहरुमा विवाद पनि आउने गरेको छ ।

United long banner ad
Prev Post

सहकारीका निकायहरु पुनर्संरचना गरिने

Next Post

सहकारी ठगीमा कांग्रेस सांसद पक्राउ

post-bars

Leave a Comment