Back To Top

August 5, 2024

 जी मोटर्सले स्काइवेल बीई ११ नेपाल ल्याउने

Global Ime Bank AD
Insourance

काठमाडौं

जी मोटर्सले स्काइवेलको अर्को विद्युतीय कार नेपाल ल्याउने भएको छ । जी मोटर्सले स्काइवेल बीई११ का दुई मोडल नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ । सामान्यतः यही मूल्य नै कायम हुने अनुमान गर्न सकिन्छ ।

जी मोटर्सले आगामी भदौ ११ देखि प्रारम्भ हुने नाडा अटो शोमा स्काइवेल बीई११ का दुई मोडल समेत प्रदर्शन गर्ने बताएको छ । अटो शोमा उपस्थित हुने अवलोकनकर्ताले सो गाडी हेर्न पाउने छन् ।

जी मोटर्सले गत वर्षको भदौमा सम्पन्न नाडा अटो शोमा पहिलो पटक स्काइवेलको पहिलो ईभी ईटी५ औपचारिक रुपमा भित्र्याएको थियो। कम्पनीले स्काइवेल ब्रान्डको पहिलो गाडीका रुपमा ईटी फाइभ ल्याएको थियो। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

United long banner ad
Prev Post

जुलाईमा आए नेपालमा ६४ हजार ५ सय९९ जना विदेशी पर्यटक

Next Post

हिमालयन बैंकको ८१ प्रतिशतले नाफा बृद्धि

post-bars

Leave a Comment