Back To Top

August 18, 2025

जलवायु परिवर्तन मानव सभ्यताको संकट

Global Ime Bank AD

काठमाडौ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएको टिप्पणी गरेकि छन् । यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको उनले बताएकी छन् ।

हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सोमबारदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले यसलाई मानवसभ्यताको खिलाफ भन्दै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने भएकाले सोहीअनुसार नै समाधान खोज्नु पर्ने धारणा राखिन ।

“हामी यस्तो समयमा भेला भएका छौँ कि जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको छ,” उनले भनिन्, “अब सबैले राष्ट्रिय एजेन्डाका रुपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्दछ ।”

उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्याको समाधान केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पार्दै यसलाई समूहिक दायित्वका रुपमा बुझ्नु पर्ने धारणा राखिन । विश्व मौसम विज्ञान सङ्गठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १.५ डिग्री सेल्सियसले वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै यो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य औल्याइन् ।

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतले जलवायु संरक्षण गर्ने, उत्सर्जन घटाउने, यसका गम्भीर प्रभावहरूसँग जुध्ने र सीमापार हानि रोक्ने काम राज्यहरूको कानुनी कर्तव्य रहेको स्पष्ट गरिन् । भारत, पाकिस्तान र नेपालमा हालै आएको बाढीले धेरैको ज्यान लिएको, पूर्वाधारहरु नष्ट पारेको र धेरैलाई अझै बेपत्ता बनाएको बताउँदै यसले सबैभन्दा गम्भीर असर हिन्दुकुश हिमालय क्षेत्रमा परिरहेकाले संवेदनशील बन्नुपनेृ धारणा राखिन ।

 

Global Ime Bank
Prev Post

ग्लोबल आइएमईलाई पुनः ‘युरो मनी अवार्ड

Next Post

बर्षदिनमै बढ्यो ७ अर्बको एलपी ग्यास आयात

post-bars

Leave a Comment