काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ ।
घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
